९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

पर्यटनमन्त्री र कोरियाका पूर्व पर्यटनमन्त्री सहितको टोलीबीच भेटवार्ता

२८ साउन, काठमाडाैँ । साेमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहनुभएका पूर्वमन्त्री रोंङ सहितको प्रतिनिधि मण्डलले आज पर्यटनमन्त्रीसँग भेट गर्नुभएकाे हाे ।

मन्त्री पाण्डेले नेपाल र कोरियाबिच सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै दुइ देशबिचकाे सम्बन्ध अझ प्रगाढ बन्नेमा विश्वास व्यक्त गर्नुभयाे ।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति, शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै नेपाल र कोरियाबीचको हवाई भाडा महँगो भएको विषयमा पनि जन गुनासाे रहेकाे कोरियाली सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

कोरियाका पूर्वमन्त्रीले नेपाल र कोरियाबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताउनुभयाे

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १६:३४