रास्वपाले बोलायो संसदीय दलको बैठक
२८ साउन, काठमाडाैँ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहान साढे १० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयाे ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने झाले बताउनुभएकाे छ ।
प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १३:५६