७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

युनिलिभरको नाफा एक अर्ब ८७ करोड, प्रतिसेयर आम्दानी २१४४ रूपैयाँ

२८ साउन, काठमाडाैँ । युनिलिभरको नाफा एक अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। कम्पनीको आम्दानी समान्य घटे पनि प्रशासनिक लगायतका खर्च कटाउन सक्दा ७.६२ प्रतिशतले बढेर नाफामा सुधार भएको हो।

कम्पनीसँग एक अर्ब एक करोड बराबरको बेच्न बाँकी र कच्चा सामानको भण्डारणमा सामान्य वृद्धि भएको छ ।  कम्पनीले बजारबाट एक अर्ब १८ करोड भुक्तानी प्राप्त गर्न बाँकी रहँदा तिर्न पर्ने रकम एक अर्ब ९२ करोड छ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर दुई हजार एक सय ४४ रूपैयाँ पुगेको छ।

प्रकाशित मिति : August 12, 2024 at 12:14 pm