२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

पशुपति शर्माको स्वरमा ‘बालेनको सहर’

२७ साउन, काठमाडाैँ । पशुपति शर्मा र सुमित्रा कोइरालाको स्वरमा सजिएको तीज गीत ‘बालेनको सहर’ सार्वजनिक गरिएको छ। गीतका शब्द आर.के कुमार शाहीले लेखेका छन् भने सूर्य विनायकले सङ्गीत दिएका छन् । यस गीतमा श्रीमान्-श्रीमती बिचको रमाइलो संवादलाई प्रस्तुत गरिएको छ, जसमा श्रीमानले श्रीमतीलाई काठमाडौं लगायतका विभिन्न ठाउँमा घुमाउने कुरा गर्दैछन्, भने श्रीमतीले पनि श्रीमानको हात समाई घुम्न जाने कुरा व्यक्त गर्छिन्।

यसको भिडिओमा आर.के कुमार शाहीलाई श्रीमानको भूमिकामा र निहारिका थापालाई श्रीमतीको भूमिकामा देख्न सकिन्छ। उनीहरूसँगै अन्य कलाकारहरूले पनि रमाइलो नृत्य प्रस्तुत गरेका छन्। १० मिनेट लामो यो भिडिओलाई शिशिर बुढाथोकीले कोरियोग्राफी गरेका छन्। नरेश अएरले खिचेका छन् भने कल्पेश विश्वकर्माले सम्पादन गरेका छन्।

प्रकाशित मिति : August 11, 2024 at 12:33 pm