२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सामान्य अंकले बढ्याे सेयर बजार, २० अर्ब ७ करोडकाे कारोबार

२४ साउन, काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छ ।

कुल १३ उपसमूहमा ६ उपसमूह मात्र बढेको छ । बाँकी ७ उपसूचक राताम्य बनेको छ । यस दिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बजारमा सामान्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:24