३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

अब एक लिटर पानीको १६ रुपैयाँ र एक जार पानीकाे ४७ रुपैयाँभन्दा बढी लिन नपाइने

२४ साउन, काठमाडाैँ । अब काठमाडाैँमा पानीकाे जार बिक्री गर्दा ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएकाे छ । सरकारले उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य समान कायम राख्न सूचित गरेको हाे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडाैँ उपत्यकामा पानी उत्पादक कम्पनीहरूले उस्तै प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाएर बिक्री–वितरण भएको जानकारी दिएकाे छ ।

पानी उत्पादक कम्पनीले होटल र रेस्टुरेन्ट तथा व्यवसायी फर्मसँग सम्झौता गरेर धेरै एमआरपी राख्ने गरेकाे पाइएकाे छ । अब भने विभागले २० लिटर जारको अधिकतम मूल्य ४७ रुपैयाँ ताेकेकाे छ । यससँगै एक लिटरको पानीको बोतलकाे मूल्य १६ रुपैयाँ निर्धारण गरिएकाे छ ।

तर ताेकिएकाे मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेकाे पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएकाे छ। पानी उत्पादक कम्पनीहरूले होटल र रेस्टुरेन्टसँग सम्झौता गरेर धेरै एमआरपी राखेको पाएपछि विभागले उनीहरूलाई सचेत गराएको हो । यस्तै, विभागले एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १३:५७