१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

२४ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरू भएको बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा एजेन्डाका बारेमा छलफल हुने प्रवक्ता प्रकाशशरण महतले  जानकारी दिनुभयाे । उक्त बैठकमा समसामयिक राजनीति र अन्य विविध बिषयमा समेत छलफल हुने केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 10:24