९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

नेकपा एकीकृत समाजवादी पार्टी निकटका पर्यटन व्यवसायी नेकपा एमालेमै फर्किए 

२३ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यावसायी सबैजसो नेकपा एमालेमै फर्किएका छन । समाजवादी पार्टीको केन्द्रीय पर्यटन विभागका सदस्य एवं पर्यटन व्यवसायी संगठन नेपालको महासचिव समेत रहनु भएका बद्रीप्रसाद तिमल्सिनाको नेतृत्वमा एमाले निकटको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा फर्किनुभएको छ ।

बुधबार काठमाडौँमा भएको एक कार्यक्रममा तीस जना व्यवसायीलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गर्नुभयो । तिमल्सिना ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित महासचिव समेत हुनुहुन्छ ।

सो अवसरमा तिमल्सिनासहित पुर्षोतम तिमल्सिना, लाक्पा दोर्जे शेर्पा, नमिनाथ देबकोटा, सुनिल सिलवाल, मनहरि दाहाल, कुमार नेपाली, दिपेन्द्र दाहाल, पुर्षोतम तिमल्सिना, नोर्बु छिरिङ शेर्पा, दिपेन्द्र दुलाल, रस्किन बहादुर श्रेष्ठ, रितेष श्रेष्ठ, सुवाश घिमिरे र सन्तोष तिमल्सिना रहनुभएको छ ।

यस्तै कृष्ण बहादुर कार्की, भिम लाल थिङ, माधव प्रसाद आचार्य, महारुद्र गौतम, मदन बहादुर कंडेल, बासुदेव आचार्य, बालकृष्ण खनाल, दिपेश श्रेष्ठ, रोहन तिमल्सिना, मधु सुदन रिमाल, आदित्य लोहनी, सक्षम वस्ती, भगवती सापकोटा, लक्ष्मी कुमारी श्रेष्ठ र मिना तिमल्सिना रहनुभएको छ ।

सो अवसरमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुली सदस्य सिएन पाण्डे, उद्योग व्यवसाय महासंघका संयोजक भगिरथ सापकोटा, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, ठमेल पर्यटन परिषद्का अध्यक्ष ध्रुव अधिकारी, टानका अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटा लगायत उपस्थित रहनुभएको थियो ।

पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनको पूर्व सन्ध्यामा व्यवसायीहरू पुरानै घर फर्किका हुन । टानको अध्यक्षमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट राजेन्द्र सापकोटा उम्मेदवार हुने घोषणा भैसकेको छ ।

सापकोटाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी समेत तीब्र चलिरहेको समयमा समाजवादी पार्टी निकटका व्यवसायी एमालेमै फर्किएका हुन । आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचनमा हुँदैछ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार २१:२७