१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरू

२३ साउन, काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठक  सुरू भएकाे छ । बैठक सिंहदरबारमा सुरू भएकाे हाे ।  नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे थियाे । दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ ।

२ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर आवश्यक निर्णय लिने जनाइएकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १७:०९