मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरू
२३ साउन, काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरू भएकाे छ । बैठक सिंहदरबारमा सुरू भएकाे हाे । नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे थियाे । दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ ।
२ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर आवश्यक निर्णय लिने जनाइएकाे छ ।
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १७:०९