१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

घुस माग्ने कम्पनी रजिस्टारको कार्यालयका कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय पक्राउ

२८ मंसिर, काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ परेका छन् ।

करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले आत्रेयलाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । अख्तियारले घुस मिलाउन बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरुले ७ हजार घुस लिइसकेको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति : December 14, 2018 at 3:18 pm