१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको सपथ आज, मन्त्रिपरिषद् विस्तारको तयारी

२१ साउन, धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह आज शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुको सोमबार साढे ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको हो । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले मन्त्रालय भागबण्डाको बारेमा सत्ता साझेदार दलबिच छलफल जारी रहेको र आजै टुंगो लगाउने प्रयासरत रहेको पनि बताउनुभएको छ ।  तर सत्ता साझेदार दल एमाले र कांग्रेसबिच अझै मन्त्रालय भागबण्डाको टुंगो लाग्न सकेको छैन । एमाले र काँग्रेसबीच ३÷३ मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार एमालेलाई आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय दिने तयारी गरिएको छ ।

त्यस्तै नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने तयारी गरिएको छ, भने एमालेले पुरानै मन्त्रीहरु दोहोर्याउने भएकाे छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १२:२४