९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

बाग्लुङकाे भकुण्डेमा हाेमस्टे व्यवसाय तथा डिजिटल साक्षरता तालिम

२० साउन, बाग्लुङ । महिला उद्यमी महासंघको आयोजना तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सौजन्यमा महिला शशक्तिकरण र उधमशिलता विकासको लागि बाग्लुङ नगरपालिका १० भकुण्डेमा १० दिने होमस्टे व्यवसाय तथा डिजिटल साक्षरता तालिम सुरु भएको छ ।

१३ वर्ष अघि स्थापना भएको अतिथि सत्कार होमस्टेले स्वदेशी तथा विदेशी पाहुनाहरुलाई मौलिक परिकार सहित सत्कार गर्दै आईरहेको व्यवस्थापन समितिका उपाध्यक्ष इन्द्र थापाले बताउनु भयो । बाग्लुङ घुम्न आउनेहरुको लागि भकुण्डे उत्कृष्ट गन्तव्य भएको बताउँदै वाग्लुङ नगरपालिका वडा नं। १० का वडाअध्यक्ष तिलबहादुर थापाले तालिम कार्यक्रमले सहभागीलाई पुर्नताजगी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महिला उधमी महासंघ नेपालका कार्यक्रम संयोजक भुपेन्द्र लम्सालले तालिम कार्यक्रममा उधमशिलतामा सक्रिय २५ जना सहभागी भएको बताउनु भयो । तालिम कार्यक्रमको उद्घाटन गर्दै महिला उधमी महासंघ नेपाल गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मीले सामाजिक न्याय, आर्थिक शशक्तिकरण र समावेशिताको लागि तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

हालसम्म महिला उधमी महासंघको ६७ जिल्लामा महिला संघहरु स्थापना भई क्रियाशील रहेको बताउँदै पौडेलले छिट्टै थप दुई जिल्लामा शाखा विस्तार हुन लागेको बताउनु भयो । तालिम कार्यक्रममा पर्यटनविद भुमराज तिवारीले प्रशिक्षण प्रदान गर्नुहुनेछ । बाग्लुङ सदरमुकामबाट दुई घण्टामा पुग्न सकिने भकुण्डे रैथाने परिकार, मगर संस्कृतिको लागि प्रख्यात छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार २०:३१