७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेपाललको महिला टोली काभा बिच भलिबलको फाइनलमा

१९ साउन, काठमाडौं । नेपाली महिला भलिबल टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

कमला पुन र मनिषा चौधरी को जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हराएकाे हाे ।

नेपालको पुरुष टिमले पनि आजै माल्दिभ्ससँग सेमिफाइनल खेल्ने भएको छ ।

प्रतियोगितामा सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुने भएकाे छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १०:४८