छाेराकाे विवाह गर्न हिँडेका बेहुलाकाे आमा-बुवाकाे जीप दुर्घटनामा मृत्यु
२७ मंसिर, लमही । दाङको लमही नगरपालिका वडा नं ९ मा विवाह गर्न भनि हिडेका बेहुला र बेहुलाकाे अामा बुवासहित ६ जनाकाे जीप दुर्घटना हुँदा मृत्यु भएकाे छ भने अन्य दुई जना घाइते भएका छन् ।

बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर अापसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा-आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु सकुशल छन् ।
प्रकाशित मिति : 10:34









