९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

आज ४० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

१६ साउन, काठमाडौँ । बैंकिङ प्रणालीबाट बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् ।

बैंकको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यता कर्जा लगानी भने जम्मा ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ । समीक्षा अवधिमा सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) जम्मा ७८.४७ प्रतिशत कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको र यसले गर्दा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो अन्तर्गत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १२:११