१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जुवा खेलाएको अभियोगमा १० लाख नगदसहित नौजना पक्राउ

१५ साउन, काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका–५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ ।

यस्तै, काठमाडौँ–१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, बूढानीलकण्ठ–५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ–१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ–१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ–१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबार राति काठमाडौँ–४ चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।”

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १५:१६