१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

पाटेबाघको छालासहित नुवाकोटका तेज अधिकारी र विक्रम लामा पक्राउ

२६ मंसिर, काठमाडाैं । प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडाँै महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 17:10