९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस

१५ साउन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकका साथै मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वर्ल्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत बोनस प्रदान गर्ने समझदारी भएको छ । यस समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक र अन्य विभिन्न सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्डका साथै मोबाईल बैंकिङ्ग प्रयोग गर्दा कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १३:०४