९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

संस्थापक सेयरमा लकइन अवधि बढाइने

१५ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरमा लकइन अवधि बढाउने भएको छ । हाल संस्थापकको सेयरमा लकइन अवधि ३ वर्षको छ ।

संस्थापकलाई लकइन अवधि कति राख्ने भन्ने विषय भने अध्ययन र सम्बद्ध क्षेत्रसँगको परामर्शपछि तय हुने बोर्डले जनाएको छ ।

बोर्डका उच्च अधिकारीका अनुसार ‘प्रभावित स्थानीयको पनि लकइन अवधि ३ वर्ष नै भएकाले संस्थापकको हकमा केही बढाउनुपर्ने आवश्यकता देखिएकाले यो तयारी गरिएको हो’ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एकै समय राखिँदा बजारमा सेयर संख्या एक्कासी बढ्न जाने र मूल्य बढी मात्रामा प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १०:३९