१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

संघीय समाजवादी फोरमका नेता बद्री यादवले १५ लाख भारूकालागि बालक अपहरण  गरे

२६ मंसिर, काठमाडौं । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ ।

२० गते हराएका ७ वर्षीय बालक महफुज आलम  नेपालमा बन्धक बनाएर राखिएको २४ गते साँझ सूचना पाएपछि २४ घन्टा वित्न नपाउँदै बुधबार अवेर प्रहरीले उद्दार गरेको छ ।

बालक अपहरणकाे घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । बालक अपहरण संघीय समाजवादी

फोरमका नेता बद्री यादवले पैसाकालागी गरेका थिए । उनले भारतबाट बालक अपहरण गरेपछि बालकका बुबासंग फिरौती वापत १५ लाख रुपैयाँ भारु माग गर्दै फोन गरेकाे प्रहरीले जनाएकाे छ । ‘फिरौती नदिए वा प्रहरीमा खबर गरे बालकलाई मारिदिने धम्की समेत फाेनबाट दिएकाे जानकारी प्राप्त भएकाे छ ।

उनका अनुसार पक्राउ पर्नेमा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखिया छन् । पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए ।

पक्राउ परेका ३ जनैमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत, झापाबाट ५ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 14:47