१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

जनप्रतिनिधिले पनि सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउनु पर्ने 

२६ मंसिर, काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहका जनप्रतिनिधिसंग सम्पत्ति विवरण मागेकामा  केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् ।  मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ ।

केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताउनुभयो । उहाँका अनुसार सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको छ ।

प्रकाशित मिति : 14:13