८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

पत्रकार कृष्ण थापा डेढ महिनादेखि सम्पर्कबिहीन, खोजीदिन परिवारको आग्रह

१३ साउन, काठमाडौँ । रसुवा र नुवाकोट कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका नुवाकोटका पत्रकार कृष्ण थापा सम्पर्क बिहीन भएका छन । करिव डेढ महिनादेखि थापा सम्पर्कमा नरहेको र खोजीमा सहयोग गरिदिन उनका छोरा विजय थापाले अनुरोध गरेका छन । थापाले करिब एक वर्षअघि कान्तिपुरसँगको आवद्धता अन्त्य गर्दै राजाटाइम्स नामको एउटा न्युज पोर्टल दर्ता गरेका थिए ।

नेपाल पत्रकार महासंघ नुवाकोटको सदस्य रहेका थापा जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीवेशी स्थायी घर भइ सदरमुकाम विदुरमा भाडामा बस्ने गरेका थिए । गत जेठ ३० मा कोठाको सामानसहित काठमाडौँ जान्छु भनेर हिँडेको भए पनि त्यसपछि उनी परिवारको सम्पर्मा नरहेको छोरा विजयले बताए । उनले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुबाको खोजीका लागि निवेदन समेत दिएको जानकारी दिँदै सबैको सहयोग आवश्यक परेको बताए ।

dainiki.com

थापालाई कसैले देखे भेटेमा 9869027205 / 9860047393 मा वा नजिकैको प्रहरी कार्यालयलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ । थापाले सञ्चालन गर्ने राजटाइम्स पनि असार १८ गते पछि अपडेट भएको देखिदैन । थापाको खोजीका लागि सामाजिक सञ्जालमा सेयर भैरहेको सूचना तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार २२:११