साैर्य एयरलाइन्सको विमान दुर्घटनामा सरकारले शोक मनाउने
९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनालाई सरकारले शोकको रूपमा मनाउने भएको छ । यसका लागि भोलि राष्ट्रिय झण्डा नै आधार झुकाउने निर्णय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक मनाउन राष्ट्रिय झण्डा नै आधार झुकाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए । उनले दुर्घटनाको जाँचबुझ गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत भएको बताए ।
बुधबार बिहान मर्मतका लागि पोखरा लान लागिएको सौर्य एयरलाइन्सको जाहाज त्रिभुवन विमानस्थलममै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने एक जना घाइते रहेका छन । घाइते क्याप्टेन मनिस शाक्यको केएमसी अस्पतालमा उपचार भैरहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ ।
प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १९:०३