४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

आइफोन १६ सिरिज सार्वजनिक हुँदै, यी हुन् १६ मा हुने सम्भावित फिचरहरू

२ असार, काठमाडाैँ । एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १६ को सिरिज सार्वजनिक गर्ने भएकाे छ ।

एप्पलले आइफोन १६ को सिरिजका मोडलमा थुप्रै नयाँ फिचरहरू थप गर्दै  कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गर्ने अफवाह छ ।

यी हुन् आइफोन १६ मा हुने सम्भावित फिचरहरूः 

१. आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको डिस्प्ले तुलनात्मक रूपमा ठूलो हुने र यसको आकार क्रमशः ६.२७ देखि ६.८६ इन्चको हुने अनुमान छ।

२. आइफोन १६ को बेस मोडलहरू, आइफोन १६ र आइफोन १६ प्लसमा भर्टिकल (ठाडो) क्यामेरा अर्थात् आइफोन १६ र आइफोन १६ प्लसमा आइफोन ११ मा भएको क्यामेरा लेआउट जस्तै हुने अनुमान छ।

३. आइफोन १६ र आइफोन १६ प्रो म्याक्समा तुलनात्मक रूपमा ठूलो र बढी क्षमताको ब्याट्री हुने र आइफोन १६ प्लसको ब्याट्री क्षमता भने कम हुने अनुमान छ। आइफोन १६ को मोडलहरूमा नयाँ प्रविधिको ब्याट्री नै दिने पनि अनुमान छ।

४. आइफोन १६ को दायाँपट्टी एउटा बटन हुनेछ । जुन बटनबाट  ‘जुम इन’ र ‘जुम आउट’ गर्न मिल्छ ।

५. आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा ४८ मेगापिक्सल अल्ट्रा वाइड क्यामेरा लेन्स हुने अनुमान छ। यो फिचरले गर्दा भिडिओ गुणस्तर थप राम्रो बनाउने र सुपर टेलिफोटो पेरिस्कोप क्यामेरा फिचर हुने अनुमान छ। यो फिचरले गर्दा अप्टिकल जुम क्षमता बढी हुन्छ।

६. आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सले वाइफाई ७ समर्थन गर्नुका साथै वाइफाई छिटो सपोर्ट (समर्थन) गर्नेछ।

७. आइफोन १६ सिरिजको सबै मोडलमा नयाँ चिपसेट हुने अनुमानका साथै सबै मोडलमा एप्पलको नयाँ जेनेरेसनको ए १८ प्रो चिप हुने र क्वालकमको नवीनतम स्नापड्रागन एक्स ७५ मोडेम हुने अनुमान छ। यसले गर्दा ५जी डाउनलोड स्पिड छिटो हुन्छ। र आइफोन १६ प्रो र प्रो म्याक्सले ४० वाटको वायर्ड फास्ट समर्थन गर्नेछ।

८. आइफोन १६ र १६ प्लस दुवैमा ८जिबी र्‍याम क्षमतामा उपलब्ध हुने अफवाह छ।

९. आइफोन १६ सिरिजको सबै मोडल नयाँ रंग विकल्पमा समेत उपलब्ध हुने अफवाह छ। आइफोन प्रो र  प्रो म्याक्स कालो, सेतो वा सिल्भर, ग्रे र रोज रंग विकल्पमा उपलब्ध हुनेछ। आइफोन १६ र आइफोन १६ प्लस भने कालो, हरियो, पिंक (गुलाबी), ब्लू (निलो) र ह्वाइट (सेतो) रंगमा उपलब्ध हुनेछ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १७:१३