सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट
२ साउन, काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सिद्धार्थ बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभरका शाखाहरूमा बैंकका कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्सन बैंकिङ र इन्टरनेसनल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे।
सिद्धार्थ बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइलको ठिमी चारदोबाटो (शंखघर चोक), कुपन्डोल हाइट, न्यूरोड पोखरा, टुसाल बौद्धनाथ मार्ग, पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा छुट पाउन सक्नेछन् ।
प्रकाशित मिति : July 17, 2024 at 12:38 pm









