१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

आज यी प्रदेशमा भारी बर्षा हुने

१ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनी वायुको प्रभाव न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली  र  सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेशको एक–दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रही बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 12:17