८ असार २०८३, सोमबार | Mon Jun 22 2026

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

३१ असार, कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाको आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे२च २६१२ नम्बरको ट्र्याक्टर आरसिपी बजार नजिकैको मोडमा दुर्घटना हुँदा घाइते भएका तीनमध्ये सुर्खेत घर भएका चालक वीर परियारको उपचारका लागि सुर्खेत लैजाने क्रममा आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रास्कोट–२ सिप्खानाका १७ वर्षीय नम सार्की र रास्कोट नगरपालिका– ५ साहुवाडाका २२ वर्षीया प्रकाश तिरुवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिनुभयो । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : July 15, 2024 at 9:33 pm