२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

बढ्यो सुन-चाँदीको मुल्य, प्रतितोला कति पुग्यो?

३१ असार, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा  १० रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 15, 2024 at 11:25 am