११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

२८ असार, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 12, 2024 at 11:47 am