रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
२८ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै रास्वपाका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले सांसदहरू सबैलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको बताए ।
प्रकाशित मिति : July 12, 2024 at 11:16 am









