९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

अमेरिकी र अष्ट्रेलियन डलर बढ्यो, यस्तो रियाल, रिंगिटको भाउ

२७ असार, काठमाडौं । बिहीबार अमेरिकी डलर अघिल्लो दिनको भन्दा ६ पैसाले राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९४ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३४ पैसा तोकेको छ ।

त्यस्तै, युरो एकको अघिल्लो दिनको तुलनामा १४ पैसाले बढेर बिक्रीदर मूल्य १४४ रुपैयाँ ९६ पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ३१ पैसा र अष्ट्रेलियन डलर १२ पैसाले बढेर बिक्रीदर ९० रुपैयाँ २९ पैसा तथा खरिददर ८९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७१ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५५ पैसा र एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३० पैसा तोकेको छ ।

त्यस्तै, राष्ट्र बैंकले एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३७ पैसा छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७३ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार ११:५९