३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बढ्यो सुन–चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार?

२७ असार, काठमाडौँ । साताको पाचौ दिन बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 11, 2024 at 11:40 am