चिनियाँ राजदूत यु होङद्धारा राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाइ भेट
२३ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले बिदाइ भेट गर्नुभएको छ । सो अवसरमा जनवादी गणतन्त्र चीन र नेपालबीच रहिआएको सम्बन्ध, आपसीहित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा जनवादी गणतन्त्र चीनको काठमाडौँस्थित राजदूतावासका अधिकारीकोसमेत उपस्थिति रहेको थियो । रासस
प्रकाशित मिति : 22:51









