१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रास्वपा केन्द्रीय समितिको बैठक सुरू

२५ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान पौने ९ बजेबाट सुरू भएको बैठकमा महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमाथि छलफल हुने र केन्द्रीय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ।

प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १०:२३