१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

५ वर्षीया बालिकालाई चाउचाउ दिएर बलात्कार गर्ने जीवन खत्री पक्राउ

२३ मंसिर, रूपन्देही । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो ।

घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिनुभयो । खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 20:17