२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

घरभित्र जमेको पानीमा डुबेर कञ्चनपुरमा ७ महिने शिशुको मृत्यु

२४ असार, धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ मा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिने सोनु धानुकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार सुतिरहेको शिशु ओछ्यानबाट भुइँमा खस्दा जमेको पानीमा डुबेर घरमै मृत्यु भएको एसपी जोशीले बताए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १०:५६