१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

अपाङ्गता भएका व्यक्तिलाई होच्याउने शब्द राष्ट्रियसभाको अभिलेखबाट हटाउन माग​

२३ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाउनुभएको छ ।

परियारले राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताउनुभयो । साथै उहाँले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गर्नुभयो । उहाँले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निक्र्यौलगरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताउनुभयो ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १४:२७