८ असार २०८३, सोमबार | Mon Jun 22 2026

फूलबारीका एक व्यवसायीको माछा मर्दा ६० लाख बराबरको क्षति

२२ असार, काठमाडौँ । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।

“ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उहाँले भन्नुभयो, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।” उहाँका छ वटा माछा पोखरी रहेका छन् ।

प्रकाशित मिति : July 6, 2024 at 4:31 pm