निर्मला हत्या प्रकरणः दुई शंकास्पदको डीएनए रिपोर्ट साँझसम्ममा अाउने
२३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका दुई युवक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले आजै साँझसम्ममा रिपोर्ट आइसक्ने बताएकाे छ । यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।
प्रदीपले गाउँलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको समेत प्रहरीकाे दाबी थियो भने घटना भएको दिन उनको मोबाइल घटनास्थल वरपर देखिएको बताइएको थियो । जसको आधारमा उनीमाथि शंका बढाइएको थियो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि निर्मलाका हत्यारा चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति : 13:11









