११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

संसदमा साङ्केतिक भाषाको दोभासे राख्न सांसद परियारको माग

१९ असार, काठमाडौँ । संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरुका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताउनुभयो ।

“संसदमा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत साङ्केतिक भाषामा हुनसकेको छैन,” उहाँले भन्नुभयो, “यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरु वञ्चित भएका छन् ।”

संसद्को गतिविधि रेकर्डसमेत साङ्केतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले साङ्केतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गुर्नभयो ।

प्रकाशित मिति : July 3, 2024 at 4:15 pm