१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नुवाकोटका शिक्षासेवी पञ्चकन्या माविका संस्थापक प्रअ लाेकजंग पाण्डेकाे ६४ वर्षकाे उमेरमा निधन

२३ मंसिर, नुवाकाेट । नुवाकोटका शिक्षासेवी एवं बेलकाेटगढी नगरपालिका वडा नम्बर ११ काे पञ्चकन्या माविका संस्थापक प्रधानाध्यापक लाेकजंग पाण्डेकाे ६४ वर्षकाे उमेरमा अाइतबार निधन भएकाे छ ।

लामाे समयदेखि दम राेगबाट पीडित पाण्डेकाे अाइतबार बिहान बेलगढी ११ तिगाउँस्थित अाफ्नै निवासमा निधन भएकाे वडा अध्यक्ष रामहरि पाण्डेले दैनिकीलाई जानकारी दिए । शिक्षासँगै सामाजिक कार्यमा स्वर्गीय पाण्डेले स्मरणीय याेगदान गरेका छन । उनकाे अाजै देविघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । स्वर्गीय पाण्डेकाे तीन छाेरी, दुई छाेरा र श्रीमती हुनुहुन्छ ।

प्रकाशित मिति : 11:34