७ असार २०८३, आइतबार | Sun Jun 21 2026

विवाहित जोडीलाई बुद्ध एयरको उपहार स्वरूप टिकट

१८ असार, काठमाडौँ । बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट दिने भएको छ ।

यसका लागि विवाहित जोडी अथवा बेहुला बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गर्नुपर्नेछ ।

यसरी सेयरपछि बुद्ध एयरले ४ जना जोडीलाई पोखराको दुईतर्फी टिकट दिने र विभिन्न चाडपर्व तथा विशेष दिनमा पनि यात्रुहरूलाई उपहार स्वरूप टिकट दिने गरेको छ ।

प्रकाशित मिति : July 2, 2024 at 12:33 pm