८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ आज

१८ असार, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहितको मुद्दामा सर्वोच्च अदालतमा आज अन्तिम बहस हुँदैछ । आज बिपक्षी रवि लामिछानेका तर्फबाट बहस हुनेछ । रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यो दिन बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

प्रकाशित मिति : July 2, 2024 at 9:44 am