८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमालेका मन्त्रीहरूलाई बालकोटमा बोलाइएको छैनः ओलीको सचिवालय

१७ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार झुटो भएको ओलीको सचिवालयले जनाएको छ। सचिवालयका तर्फबाट फोटोग्राफर दिनेश भण्डारीले फोटो सेयर हुने ग्रुपमा मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाएको खबर सत्य नभएको बताएका छन । ओलीले सोमबार साँझ मन्त्रीहरूलाई बोलाएको भन्दै विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए ।

प्रकाशित मिति : July 1, 2024 at 6:19 pm