७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

समाजवादको लक्ष्यमा देश अघि बढिसक्योः पूर्व प्रधानमन्त्री खनाल

२२ मंसिर, काठमाडाैँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालबाट पूर्ब अर्थमन्त्री भरतमहोन अधिकारी सम्मानित भएका छन । जन अपेक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधरणसभाको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले पूर्व अर्थमन्त्री अधिकारीलार्इ सम्मान गरेका हुन । अधिकारीले पुर्याएको सम्मानको कदर गर्दै सम्मान गरिएको अायोजकले जनाएको छ ।

साधारणसभाको उद्धघाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले २०६२/०६३को जनक्रान्तिपछि करिब १० बर्ष लगाएर जनताको संबिधान बनाएको र अब इमान्दारिता पूर्वक कार्यान्वयन गर्ने बताए । उनले संबिधानले कल्पना गरे अनुसार सबै समाजबादको लक्ष्यतर्फ अगाडी बढीरहेको बताए । उनले सोही समाजबादको लक्ष्यतर्फ अगाडी बढ्ने शिलशिलामा देशको अर्थतन्त्रलाई ३ खम्बे अर्थतन्त्रको रूपमा बिकास गर्न परिकल्पना गरेकाे बताए ।

पूर्वप्रधानमन्त्री खनालले सहकारीता लगायतका क्षेत्रकाे व्यापक विकास र विस्तार अावश्यक भएकोमा जोड दिए । उनले यस्तो विकासले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सकिने पनि बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार १९:५९