१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

निर्मला हत्या प्रकरणमा प्रहरीले नियतवश केही गरेको छैनः पूर्व अाइजी शाह

२२ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व प्रमुख समेत रहेका नेकपा माअाेवादीका तर्फबाट सांसद समेत बनेका रविन्द्र प्रताप शाहले निर्मला हत्या प्रकरणबारे अाम जनतामा बनेको धारणामा विश्वास नरहेको बताउँदै प्रहरीले नियतवश कुनै काम नगरेको भन्दै बचाउको प्रयास गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै उनले बम हत्या प्रकरणको विषय समेत कोट्याएर निर्मला हत्या प्रकरणमा प्रहरीले हत्यारा बचाउन खोजेको भन्ने अारोपहरूमा कुनै सत्यता नभएको दाबी गरेको छन । साहले सामाजिक सञ्जालमा गरेको टिप्पणी जस्ताको त्यस्तै

ज्यादै संवेदनशील अपराधिक घटना र त्यसको अनुसंधान
————————————————————
कुरो २०६९ जेष्ठ १८ गतेको हो | कुनै मिटिंगमा भागलिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिएं, फोनको घंटी बज्यो | फोनको त्यो घंटीले कुपनडोल स्थित UN Parkमा भर्खरै सर्वोच्चका वहालवाला न्यायाधीश रण वहादुर वमलाई गोली हानिएको जानकारी गरायो | त्यति high profileको ब्यक्तिलाई राजधानीमै दिनदहाडे गोली हानिएको अविश्वसनिय थियो | म त एकछिन अकमक्कनै परे र अरु कुरा सुन्दै नसुनि सिधै UN Park तिर हानिए |

घटनास्थल पुग्दा कोही पनि भेटिएनन, सबैलाई Norvic Hospital लगिसकिएको थियो | स्थानीय केही ब्यक्तिहरुसंग बुझ्दा बंगलामुखी माताको दर्शन गरि फर्केर कार्यालयतर्फ जॉदै गर्दा केही मोटरसाईकलमा आएका केही ब्यक्तिले न्यायाधीशलाई मात्र नभै सोही गाडीमा सवार अन्य २/३ जनालाई पनि गोली हानिएको रहेछ | Target न्यायाधीशनै थिए भन्नेमा कुनै शंका रहेन, अरुलाई silent गराउन मात्र हानिएको थियो |

त्यसपछि म सोझै Norvic Hospital पुगे | त्यहॉ तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मी लगायत सर्वोच्चका प्राय: सबै जसो न्यायाधीशहरुको उपस्थिति थियो | सबैको अनुहारमा आक्रोश, डर र आश्चर्यको मिश्रित भावहरु थिए | प्रधान न्यायाधीश खिलराज रेग्मीज्यूसंग मैले “तराई/मधेश घटना छानविन आयोग”मा बसेर काम गरिसकेको कारणबाट राम्रै सम्पर्क थियो | उहॉले मलाई राम्रै Police Officer मान्नु हुन्थ्यो |

त्यस घटनामा प्राय सबै न्यायाधीशहरुले ठूलै(राजनैतिक) शक्तिकेन्द्रको हात रहेको अनुमान गर्दै Nepal Policeले अनुसंधान गर्न नसक्ने सोचाई रहेको पाए | मलाई खिलराज रेग्मीज्यूले अप्रत्यक्षमा सबै न्यायाधीशहरुको सोचाई बताउदै “Nepal Policeलाई अनुसंधानगर्न अप्ठेरो पर्न सक्ने भएकोले आयोगनै गठन गरि अनुसंधान गर्दा के होला ?” भनेर सोध्नु भयो |

मैले उहॉलाई, “श्रीमान, जतिसुकै ठूलो आयोग गठन गरेपनि अनुसंधानगर्ने Nepal Policeले नै हो, मलाई यो घटनामा कुनै शक्तिकेन्द्रको हात छ जस्तो पनि लाग्दैन र रहेछनै भनेपनि Nepal Policeले कुनै दवाव र प्रभावमा नपरी अनुसंधानगर्ने हैसियत राख्छ, हजुरहरुले अन्याथा सोच्नु पर्दैन ” भनेपछि, उहॉले फेरी सोध्नु भयो, “तपाईलाई यो घटनाको अनुसंधानगर्न कति दिन लाग्छ ?”
मैले भने “अनुसंधानगर्न यत्तिनै समय लाग्छ भनेर किटानी त गर्न सकिदैन तर पनि मलाई १५ दिनको समय चाहिन्छ उहॉले फेरी सोध्नु भयो, “१५ दिन भित्र पत्ता लागेन भने के गर्नु हुन्छ ?” मैले पनि, “त्यो अवधी भित्र पत्ता लगाउछु, सकिन भने म आफै श्रीमान कहॉ आएर आयोग गठनगर्न सुझाब दिन्छु “ यसलाई उहॉले सकारात्मक रुपमा लिनुभयो |

म कार्यालय फर्केर म पछि हुनेवाला IG कुवेर सिंह राना, DIG उपेन्द्र अर्याल लगायत अनुलंधानमा राम्रा भनि चिनिएका उपत्यकामै कार्यरत प्रहरी अधिकृतहरुको Team गठन गरेर अनुसंधान शुरु गरियो | Nepal Policeको क्षमतामा पुरा बिश्वास थियो |
खुब मिहेनत गरियो, रात रातभर काम गरियो, संभव भएसम्म सबै प्रविधी र श्रोत उपयोग गरियो | तर, केही सिप लागेन | १५ दिन पनि सकियो |
उहॉहरुले शक्तिकेन्द्र उपर शंका गर्नु भएकोले त्यसको निवारणको निम्ति पनि म आफै प्र. न्या. खिलराज रेग्मीज्यूकहॉ गएर, “श्रीमानसंग मागेको समयमा मैले अनुसंधानगर्न सकिन, आयोग गठन गर्नु भए हुन्छ”

आयोग गठन भयो, मैले पनि ३ महिना पछि अनिवार्य अवकाश पाए | आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो तर न्यायाधीश बमज्यूको हत्याको गुत्थी सुल्झिएन | अबकाश हुंदासम्म त्यस घटनाको अनुसंधान पुरा गर्न नसकेकोमा मलाई पछि सम्म पनि खिन्न अनुभव भैरह्यो |

म पछि, कुवेर सिंह राना IG भएर १३ महिना बिताए | उनको पालामा पनि उक्त हत्याकाण्डको अनुसंधान पुरा भएन, मलाई लाग्छ २ बर्ष भन्दा पछि गएर मात्र Nepal Policeले उपेन्द्र अर्याल IG भएको समयमा उक्त हत्याको गुत्थी सुल्झाउन सक्यो | तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु र आम जनताले सोचेको जस्तो कुनैपनि शक्तिकेन्द्रको संलग्नता भेटिएन |

त्यसैले,
-अधिकांश चर्चित घटनाहरुमा आम मानिसको राय भन्दा अनुसंधानको निचोड बिलकुलै फरक देखिएको हुन्छ |

-कुनै पनि अपराधिक घटनाको अनुसंधान दवाव र प्रभावमा हुन सक्दैन |

-दवाव र प्रभावमा गरिने अनुसंधानले कहिलेकॉही वास्तविक अपराधी उम्किने मात्र होईन निरपराधलाई अपराधी सावितगर्न पनि सक्छ

-दवाव र प्रभावमा काम गर्दा अनुसंधान कचल्टिन गई निचोडमा पुग्न सोचे भन्दा ज्यादै लामो समय लाग्न सक्छ |

-कुनै पनि अपराधको अनुसंधानगर्न यत्तिनै समय लाग्छ भन्ने निश्चित हुंदैन | त्यति मात्र होईन, कहिलेकॉही ज्यादै लामो समयसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ | दशकौ बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको संसारमा थुप्रै घटनाहरु उदाहरणको रुपमा छन |

-अहिलेको समयमा नेपाल प्रहरीले दवाव र प्रभावकै भरमा अपराधीलाई लुकाएर ब्यवसायिक छवी बिगार्दै आफैलाई सर्वत्र आलोचनाको शिकार बनाउछ भन्ने लाग्दैन |

-बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि कुनैपनि ठूला र चर्चित घटनाहरुको अनुसंधानमा शक्तिकेन्द्रहरुको दवाव अक्सर आंउदैन र अपवादको रुपमा कसैले दवावदिन खोजे पनि Nepal Police अस्वीकार गरेको छ |

-नेपालमा अपराध अनुसंधानको एक मात्र बिज्ञ संस्था भनेको Nepal Polce नै हो र यसको विकल्प कुनै पनि ब्यक्ति, समिति, आयोग वा अरु कुनै संस्था हुन सक्दैन |

अन्तमा,
बहुचर्चित कंचनपुर घटनामा पनि अनुसंधानको सिलसिलामा खटिएका प्रहरी अधिकारीहरुको बुध्दी पुगेन होला, संवेदनशिलताको कमी पनि भयो होला, हेलचक्र्याई पनि गरेनै होलान |
तर, प्रहरी अधिकारीहरुले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतबस वा शक्तिकेन्द्रको दवावमा अनुसंधान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै बिश्वास लाग्दैन | समय समयमा राजनैतिक दवाव नआउला भन्न सकिदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो ब्वसायिक छवी जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला |

प्रकाशित मिति : 16:22