१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

क्रिश्चियन बामपन्थको सहयोगी हुँदैनः प्रा डा संग्राैला

२१ मंसिर, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता समेत रहेका कानुनका ज्ञाता प्राध्यापक डाक्टर युवराज संग्राैलाको राष्ट्रवादी चिन्तनलार्इ हजाराैँले मनपराउँदै अाएका छन । निर्विवादित व्यक्तिको छवी बनाएका प्रा डा संग्राैलाले पछिल्लो पटक राष्ट्रिय हितका निम्ति सामाजिक सञ्जाल मार्फत खबरदारी र जागरण दुबैको काम गर्दै अाएका छन ।

एसिया प्यासिफिक समिटको नाममा सरकार माथि लागेको अारोप र जुनखालका गलत गतिबिधि भैरहेका छन त्यसको यथार्थ चित्रण प्रा डा संग्राैलाले गरेका छन ।  उनले शुक्रबार राति अाफ्नो पुस्तक साउथ एसिया चाइना जिओइकोनोमिक्ससँग एउटा महत्वपूर्ण यथार्थलार्इ सार्वजनिक गरेका छन ।

हेर्नुहोस प्रा डा संग्राैलाले उठाएको विषय

चीनमा दोस्रो अफिम युद्धपछि पराजित चीनलाई धेरै शर्त मध्य एउटा शर्त मान्न मान्न बाध्य पारियो, त्यो थियो कृश्चिएन धर्म प्रचारमा चीन सरकारले रोक्ने छैन। भारतमा सन १८३५ मा म्याकुले कमिसनले रैथाने वा स्थानीय स्कुलहरुलाई अनुदान बन्द गर्‍यो। कन्भेन्ट स्कुलहरुलाई मात्र अनुदान दिने ब्यबस्था मिलाइयो। यस्ता स्कुलहरु मिसनरीहरुले चलाए र कृश्चिएन धर्मका केंद्रहरुका रुपमा स्थापित गरिए। केही रोचक तथ्यहरु लाई हेरौं।

१. युरोपिएन रेनासाले पूर्वीय ज्ञान प्रणालीलाई परम्परागत र पश्चिमी ज्ञान प्रणालीलाई आधुनिक भनी परिभाषा गर्यो। अनि उपनिबेसिक शासनले पस्चिमी ज्ञानलाई उपनिबेशमा स्थापित गरिदियो जबर्जस्ति। इडवार्ड सेड नामका जर्मन दार्सनिकले भने त्यो कुरा झुट्टो हो। पश्चिमी रेनासा भनेको ओरिएन्टल रेनासा हो। तर ओरिएन्टल ज्ञानलाई जबर्जस्ति बर्खास्त गरियो। मानबता त ओरिएन्टल ज्ञानमा थियो।

२. सन १८५६मा पेरिसमा कोलोनियल सम्मेलन भयो। सबै उपनिबेशी शक्तिहरुले उपनिबेशलाई अबास्यक भनी साबित गरे। उनिहरुले अफ्रिका र एसियालाई सभ्य बनाउनु उनीहरुको दाइत्व हो भने। अनि सभ्य बनाउन क्रिश्चियन धर्म रोप्नु पर्ने निस्कर्स निकाले। दक्षिण अमेरिकामा लाखौं मानिस मारे। यसरी आयो कृश्चिएन धर्म। यो उपनिबेशको एउटा संयन्त्र बन्यो।

३. किप्लिङ्ग नाम गरेका बृटिश कबिले कबिता लेखे “ह्वाइटमेन्स बर्डन” । यस्मा भने असभ्यहरुले बुझ्ने छैनन कति दुख हामिले गरेका छौ। अनि उनिहरु कुना कुनामा बाइबल हातमा राखी दिदै जमिन लिन थाले। उनिहरु त धनी भए एसियन र अफ़्रिकि गरिब। बंगालमा बिसलाख मानिस अनिकालले मरे। जबकी गोदाममा अन्न भरी थियो। उपनिबेशीहरुले भारतबाट मात्र १६३ टृलियन धन बेलायत लगे। हाम्रा ५ लाख मानिसको श्रम गोर्खाका नाममा शोषण गरे। हजारौं मरे अरु खालि खुट्टा आए।

४. कोरियाको बिकासका लागि समाजलाई कृश्चिएन बनाउनु पर्छ भनियो। कोरियाको मौलिक संस्कृति धोस्त पारियो।

५. कोरियालाई पस्चिमी जगतका नजिक राख्न कृश्चिएन धर्म अवास्यक थियो सायद। अहिले एसियामा कोरिएन मिसनरी मार्फत काम हुन्छ। मुनवाद तेहि हो। एकनाथ आफ्नो फाइदाका लागि मुनवाद लिएर हिडेका छ्न। उन्को योजना कमुनिस्टहरुलाई सक्नु हो। कमुनिस्टहरुलाई सक्न उनिहरुमा बिभाजन निर्माण गर्नु पर्छ। प्यासिफिक समिटमा शान्तीका कुरा पनि भए तर दम्पतीलाई जुस खुवाउने कुरा त कृश्चिएन धर्मको प्रचार नै हो।

६. १९६० मा क्रिश्चियन मिसन उत्तरपुर्बी भारतमा आयो। ७८ लाख मानिसलाई क्रिश्चियन बनायो। जातिए पहिचानको नारा लगायो। जातीय राज्य बनाइयो। तर यो क्षेत्र नै अहिले भारतको सबै भन्दा गरिब क्षेत्र हो।

नेपाललाई क्रिश्चियनकरण गरि समाजबादी देश बन्न नदिने योजना अहिलेको होइन । पहिला एन्जिओकरण र अहिले कृश्चिएनकरणको चपेटामा नेपालको बाम्पन्थी आन्दोलनला जाक्ने योजना तिब्र छ। बामपंथी आन्दोलन नै कृस्चिएनको आक्रमणको निसाना पनि बनाइएको छ र यसैमाथी आरोप पनि थोपरिएको छ। बिगतमा गिरिजाप्रसाददेखि, बाबुराम, सुशील कोइराला सबैलाई प्रयोग गरेकै हो। जब मधेश आन्दोलनबाट नेपाललाई अस्थिर बनाउने नसकिने अवस्था आयो, कोरियन कृश्चिएन मिसन एकाएक बजारमा तिब्रताका साथ ल्याइयो। किन हटात हटाइयो महन्थ ठाकुरलाई ? यता पनि हेर्नू होला। उनलार्इ बाहुन भएको आरोप लगाइयो।

बामपंथी नेताहरुले कुल माइन्डले सोच्ने होला यो बेला। यो सरकार लडाएर देशलाई अस्थिरतामा धल्ने केठुलै खेल छ भन्ने बुज्नु राम्रो होला। डिजाइनको जालमा पार्ने खेललाई बुझ्नु राम्रो होला। कृश्चिअनिटी समाजबादको होइन नवउदार्बादको पक्षमा रहन्छ। हिन्दु, बौद्ध र किरात धर्म समाजबादका विरुद्धमा छैनन। क्रिश्चियनिटी समाजबाद्को पक्षमा भएको भए अम्बेदकरले बौद्ध धर्मको शरण लिने थिएनन।

अहिले देशको बिकास जनताको अवास्यकक्ता हो। देशका सबै बौधिकहरुको सहयोग लिएर अगाडि बढ्नु सरकारका लागि राम्रो हुन्छ। हामिले त शुभकामना दिने हो। बांकी धेरै कुरा मेरो अब आउने किताब साउथ एसिया चाइना जिओइकोनोमिक्समा हेर्नू होला।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार २२:५०