१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

बर्दियाका सिडिअो रामबहादुर कुरुम्बाङ बने इन्टिग्रेटी आइडल २०१८

२१ मंसिर, काठमाडाैँ । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ यस वर्षको इन्टिग्रेटी आइडल घोषित भएका छन । निजामती कर्मचारीहरुलाई प्रदान गरिने यस सम्मानका लागि छनौट भएका पाँचजना मध्ये एसएमएस र अनलाइन मतका आधारमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ आइडलमा छनौट भएको एकाउन्टिविलिटी ल्यावका कार्यकारी निर्देशक नारायण अधिकारीले दैनिकीलार्इ जानकारी दिए ।

कुरुम्वाङलार्इ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरियो । २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न ७ वटा जिल्लामा काम गरिससकेका  कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचारबिरोधी, जनप्रिय प्रशासक भनी ल्याबले चित्रण गरेको छ । विश्वव्यापी रुपमा सरकारी सेवाका आइडल छान्दै आएको इन्ट्रिग्रेटी आइडलले नेपालमा सन् २०१४ बाट आइडल छान्न शुरु गरेको हो ।

प्रकाशित मिति : 23:28