१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सशस्त्रका डीएसपीनै अवैध काठ ओसारपसारमा संलग्न, अदालतमा आरोपपत्र दायर

२१ मंसिर, काठमाडौं । नेपाल अरुण गुल्म संखुवासभामा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीमाथि भ्रष्टाचारको अभियोग लागेको छ । डीएसपी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

एक सय क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ चैनपुरबाट धरान/इटहरी ओसारपसार गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

आरोपपत्रमा एक लाख चार हजार रुपियाँ बिगो असुलउपरको माग गरिएको छ ।

प्रकाशित मिति : 14:22